२०८३ असोज २३ गते शुक्रबार

एनएमबीले नेपाल भित्र्यायो ‘विच्याट पे’

एनएमबीले नेपाल भित्र्यायो ‘विच्याट पे’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार ०८:५७

पोखरा चीनमा सर्वाधिक लोकप्रिय समाजिक सञ्जाल ‘विच्याट’ को डिजिटल पेमेन्ट ‘विच्याट पे’ एनएमबी बैंकले नेपाल भित्र्याएको छ । बिहीबार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरामा एनएमबीको ‘विच्याट पे’ सुरुआत गरे । एनएमबी बैंकका...

पोखरा

चीनमा सर्वाधिक लोकप्रिय समाजिक सञ्जाल ‘विच्याट’ को डिजिटल पेमेन्ट ‘विच्याट पे’ एनएमबी बैंकले नेपाल भित्र्याएको छ ।

बिहीबार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरामा एनएमबीको ‘विच्याट पे’ सुरुआत गरे । एनएमबी बैंकका प्रयोगकर्ताले ‘विच्याट पे’ मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

राजदूत सोङले नेपाल घुम्न आउने पर्यटकलाई ‘विच्याट पे’मार्फत भुक्तानी गर्न सहज हुने बताए । चिनियाँ पर्यटकको संख्या बढाउने पनि उनको विश्वास छ ।

चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक बिक्रेताले प्राप्त गर्ने उनको भनाइ छ ।

नेपालको डिजिटल बैंकिङ कारोबारलाई समेत प्रोत्साहन हुने उनको विश्वास छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चीन भ्रमणमा जाने नेपालीका लागि पनि विच्याट पे विस्तार भएसँगै सहज हुने बताए ।

नेपाल घुम्न आएको चिनियाँ पर्यटकलाई चाहे जति खर्च गर्ने अवस्थाको सिर्जना भएको उनको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ‘विच्याट पे’मार्फत कारोबार गर्न चिनियाँ पर्यटक र व्यवसायीलाई नयाँ अवसर प्रदान गरेको बताए ।

एनएमबी बैंकको देशभर २ सय १ शाखा छन् । १ सय ३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।

 

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०८:५७
हजुरको प्रतिक्रिया