२०८३ साउन २१ गते बिहीबार

कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदकाे निर्णय

कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदकाे निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २५ गते मंगलबार ०७:४०

काठमाडौं । सर्वाेच्च अदालतकाे आदेशपछि सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च...

सरकारी अस्पतालमा मात्रै

काठमाडौं । सर्वाेच्च अदालतकाे आदेशपछि सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।

सर्वाेच्चले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । सर्वोच्चले सो निर्णय गरेको केही दिन नबित्दै सरकारले निर्णय सच्याएको हो ।

प्रकाशित मिति २०७७ कात्तिक २५ गते मंगलबार ०७:४०
हजुरको प्रतिक्रिया