२०८३ असोज २३ गते शुक्रबार

माछापुच्छ्रे गाउँपालिकाले ल्यायो ६१ करोड ६८ लाख रुपैयाँको बजेट

माछापुच्छ्रे गाउँपालिकाले ल्यायो ६१ करोड ६८ लाख रुपैयाँको बजेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १० गते आइतबार ०७:५८

माछापुच्छ्रेले कृषि र पर्यटनलाई जोडेर मोनोरेल चलाउनेसम्मको कार्यक्रम बजेटमार्फत आएको छ ।

पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ६१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ । माछापुच्छ्रेले कृषि, पर्यटन र पूर्वाधारलाई केन्द्रमा राखेर बजेट ल्याएको छ ।

जसमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड, सशर्त अनुदान २६ करोड, समपूरक अनुदान १ करोड ६५ लाख, विशेष अनुदान १ करोड र राजस्व बाँडफाँडबाट प्राप्त १० करोड ३८ लाख बजेट अनुमान गरिएको छ ।

माछापुच्छ्रेले कृषि र पर्यटनलाई जोडेर मोनोरेल चलाउनेसम्मको कार्यक्रम बजेटमार्फत आएको छ । पर्यटन प्रवर्द्धनमार्फत राजश्व संकलन गर्ने अभिप्रायले सूचना केन्द्र स्थापना गर्ने र व्यवस्थापन तथा कृषि पर्यटनको लागि मोनोरेल परियोजना सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको उपाध्यक्ष सीता अधिकारीले बताइन् ।

माछापुच्छ्रेभित्र विभिन्न पर्यटकीय पदमार्गहरुको स्तरोन्नति तथा प्रवर्द्धनमुलक कार्यक्रम हुने भएको छ । पदमार्ग निर्माणका लागि १० लाख र कार्यक्रमका लागि १० लाख विनियोजन भएको उपाध्यक्ष अधिकारीले बताइन् । गाउँपालिकाले आगामी वर्ष दुग्ध प्रशोधन केन्द्र, दाना चोक्कर उत्पादन गष्र्न स्थापना गर्ने भएको छ । जसका लागि ९० लाख रुपैयाँ विनियोजन भएको छ ।

भूमि बैंक स्थापना गरी बाँझो जमिनको व्यवस्थापन गर्ने नीति पालिकाको छ । भूमि बैंक स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ । किसानलाई ५० प्रतिशत साझेदारीमा स्थायी प्लास्टिक घर निर्माणको लागि १० लाख दिने पालिकाको बजेटमा छ ।

प्रकाशित मिति २०८० असार १० गते आइतबार ०७:५८
हजुरको प्रतिक्रिया