२०८३ असोज २४ गते शनिबार

मुख्यमन्त्रीको भेला पोखरामा सुरु

मुख्यमन्त्रीको भेला पोखरामा सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १५ गते शुक्रबार ०१:५७

उनले प्रदेशको ओचित्यबारे साझा धारणा निर्माण गर्न भेला सफल हुने दाबी गरे ।

सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँः प्रधानमन्त्री

पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद दिँदै बैठकको पूर्ण सफलताको कामना गर्दछु। नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ।’’

‘‘अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्त हाम्रा लागि सङ्घीय शासन प्रणाली नितान्त नौलो अभ्यास थियो। संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको सुसञ्चालन हाम्रा लागि चुनौतीपूर्ण नै थियो । तर, तीनै तहमा चुनिएर आउनुभएका जनप्रतिनिधिहरू सीमित स्रोतसाधनको सुझबुझपूर्ण ढङ्गले परिचालन गर्दै विकास निर्माणका कामलाई अघि बढाउँदै जनताका आकाङ्क्षा पूरा गर्न क्रियाशील रहनुभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको छ। यस कार्यमा प्रदेश सरकारको नेतृत्व सम्हाल्नुहुने सबै माननीय मुख्यमन्त्रीज्यूहरूले खेल्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दछु’’ प्रधानमन्त्रीले भने ।

उनले प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल र अन्तरक्रिया हुँदै आएको र प्रदेश मुख्यमन्त्रीहरूसमेतको सहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएकोसमेत सो अवसरमा जानकारी दिए । बैठकमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्मनिर्भर प्रदेश बनाउनका निमित्त देखिएका जटिलताको समाधान गर्नलगायतका संघ र प्रदेश सरकारलाई समन्वयकारी बनाउनुपर्ने बताए । उनले प्रदेशको ओचित्यबारे साझा धारणा निर्माण गर्न भेला सफल हुने दाबी गरे ।

मुख्यमन्त्रीहरुको भेलासँगै राजधानी बाहिर प्रधानमन्त्रीको अध्यक्षतामा पहिलो पटक राष्ट्रिय समन्वय परिषदको बैठक पनि पोखरामा हुन लागेको हो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अगुवाइमा हुन लागेको भेलामा संघ सरकारसँगको सम्बन्ध र प्रदेशका अभ्यासबारे छलफल हुनेछ ।

प्रकाशित मिति २०८० असार १५ गते शुक्रबार ०१:५७
हजुरको प्रतिक्रिया