२०८३ कात्तिक १० गते सोमबार

मेयर शाह ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिमा निर्वाचित

मेयर शाह ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिमा निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १७ गते आइतबार ०५:२७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । आईतवार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर शाहको कार्यकाल...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
आईतवार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर शाहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशा निर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।

वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो । यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।

प्रकाशित मिति २०८० असार १७ गते आइतबार ०५:२७
हजुरको प्रतिक्रिया