२०८३ असोज २४ गते शनिबार

आयरल्यान्डलाई नेपालले दियो २ सय ६९ रनको चुनौती

आयरल्यान्डलाई नेपालले दियो २ सय ६९ रनको चुनौती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १९ गते मंगलबार ०५:३०

आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन...

सन्दीप र गुलशनकाे आठौं विकेटका लागि कीर्तिमानी साझेदारी

आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो । नेपाललाई सम्मानजनक स्थितिमा पुर्‍याउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे ।

झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका हुन् ।सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।

ओपनर ब्याटर अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेका हुन् ।अर्का ओपनर कुशल भुर्तेल क्रेग योङ्गको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए । ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन जोड्दै विकेटकिपरको हातबाट क्याच भए ।भीम सार्कीले २०, कुशल मल्लले ३ बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन जोडे । सातौं स्थानको सेमिफाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी खाता नै नखोली एन्डी म्याकब्राइनको बलमा एलबीडब्ल्यू आउट भए ।

करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए । अन्तिम ब्याटरको रुपमा आएका किशोर महतो १ रनमा अविजित रहे ।
सन्दीप र गुलशन : जसले आठौं विकेटमा गरे कीर्तिमानी साझेदारी

आयरल्याण्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २/२ विकेट लिए । ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए ।
ओपनर र टप अर्डर नचलेर संकटमा परेको नेपाललाई मंगलबार सन्दीप लामिछाने र गुलशन झाले उद्धार गरे।

सन्दीप र गुलशनकाे आठौं विकेटका लागि कीर्तिमानी साझेदारी

नेपालका भरपर्दा ब्याटरहरु फ्लप भइरहँदा लेग स्पिनर सन्दीप र अलराउन्डर गुलशन झाले नेपालको स्कोर सम्मानजनक अवस्थामा पुर्‍याए । आठौँ विकेटका लागि गुलशन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरेका हुन्।

ओडीआईमा आठौँ विकेटका लागि नेपालबाट भएको यो उच्च साझेदारी हो। यसअघि आइतबार आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र सन्दीपले यूएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए।

सन्दीपसँग साझेदारीका क्रममा गुलशनले ४० बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे।

सन्दीपले ३० बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाए ।

प्रकाशित मिति २०८० असार १९ गते मंगलबार ०५:३०
हजुरको प्रतिक्रिया