२०८३ असोज २४ गते शनिबार

श्रीपती समाज सेवा पुरस्कार विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई

श्रीपती समाज सेवा पुरस्कार विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २७ गते बुधबार ०२:५२

श्रीपती कोइराला गुठीद्वारा सञ्चालित पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गर्ने निर्णय गरेको बुधबार सार्वजनिक गरिएको हो ।

पोखरा

यो वर्षको श्रीपती समाज सेवा पुरस्कार विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ ।

श्रीपती कोइराला गुठीद्वारा सञ्चालित पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गर्ने निर्णय गरेको बुधबार सार्वजनिक गरिएको हो । पुरस्कारको राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

श्रीपति कोइराला गुठीले २१६ औं जयन्तीको अवसर पारेर पुरस्कारको घोषणा गरेको हो । उत्कृष्ट सामाजिक सेवा गरेकाले विन्ध्यावासिनीलाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष फणिन्द्रराज कोईरालाले बताए ।

यो पुरस्कारबाट माईती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।

श्रीपति सामाजिक पत्रकारिता पुरस्कार २०८० बाट बरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिने भएको छ । २२ हजार २२२ रुपैयाँको राशिको पुरस्कार कार्कीलाई प्रदान गर्न लागिएको हो । यसअघि यो पुरस्कारबाट पोखराका पुराना पत्रकार कृष्णप्रसाद बास्तोला पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति २०८० असार २७ गते बुधबार ०२:५२
हजुरको प्रतिक्रिया