२०८३ साउन २१ गते बिहीबार

महिला विश्व कप फुटबलमा अमेरिका विजयी

महिला विश्व कप फुटबलमा अमेरिका विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ६ गते शनिबार ०८:५५

खेलमा अमेरिकाका सोफिया स्मिथ २ गोल र सिन्डेस होरानले एक गोल गरेका थिए । स्मिथले खेलको ४५ र ५२ औं मिनेटमा गोल गरिने भने लिन्डेसले ७७ औं मिनेटमा गोल गरेकी हुन् ।

पोखरा

महिला विश्वकप फुटबलमा अमेरिका विजयी भएको छ । आजको पहिलो खेलमा अमेरिकाले भियतनामलाई ३—० गोल अन्तरले पराजित गरेको हो । भर्खरै सकिएको खेलमा अमेरिकाका सोफिया स्मिथ २ गोल र सिन्डेस होरानले एक गोल गरेका थिए । स्मिथले खेलको ४५ र ५२ औं मिनेटमा गोल गरिने भने लिन्डेसले ७७ औं मिनेटमा गोल गरेकी हुन् । न्यूजिल्यान्डको इडन पार्कमा खेल भएको हो ।

अर्को खेलमा जापन र जाम्बिया प्रतिष्पर्धा गर्दैछन् । न्यूजिल्यान्डको एफएनजी स्टेडियममा खेल दिउँसो पौने १ बजे हुनेछ । शनिबार नै अर्को खेलमा इग्ल्यान्ड र हाइटी भिड्ने छन्। यी दुई टोलीको खेल अष्ट्रेलियामा दिउँसो सवा ३ बजे हुनेछ ।
समूह डीमा रहेका चीन र डेनमार्कको खेल पनि आजै छ । यी दुईबीचको खेल नेपाली समय अनुसार पौने ६ बजे अष्ट्रेलियाको पाथ रेक्टेंगलर स्टेडियममा हुनेछ ।

प्रकाशित मिति २०८० साउन ६ गते शनिबार ०८:५५
हजुरको प्रतिक्रिया