२०८३ साउन २१ गते बिहीबार

टानकाे अगुवाइमा फेवातालबाट जलकुम्भी निकालियो

टानकाे अगुवाइमा फेवातालबाट जलकुम्भी निकालियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ६ गते शनिबार ११:५४

जलकुम्भी झार निकालेर कम्पोष्ट मल बनाउन क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याएर फेवातालमा राखिएपनि प्रयोगमा भने आउन सकेको छैन ।

पोखरा

बर्खायाममा फेवाताल जलकुम्भीले ढपक्कै ढाकिन्छ । भारी वर्षा हुनसाथ माथिल्लो तटीय क्षेत्रको जलकुम्भी बगाएर ल्याउँदा तल्लो क्षेत्र कुरुप हुन्छ । भर्खर ट्रेकिङ गाइड तालिम लिएका युवायुवतीले शनिबार फेवाताललाई कुरुप बनाएको जलकुम्भी झार निकालेका छन् । ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अगुवाइमा फेवाताल सरसफाइ गरिएको हो । टान गण्डकीले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सँगको सहकार्यमा आयोजना गरेको ट्रेकिङ गाइड तालिममा सहभागी ३ सय जना प्रशिक्षार्थीसँगै टानमा आबद्ध पर्यटन व्यवसायी, डुंगा व्यवसायी र स्थानीयले जलकुम्भी झार निकालेका हुन् ।

तालिममा सहभागीलाई पाठ्यक्रम अनुसार सामाजिक उत्तरदायित्व वहन गराउन फेवातालको जलकुम्भी झार निकालेर सरसफाइ गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ट्रेकिङ गाइडमा जनचेतना जगाएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ट्रेकिङ गाइड सचेत हुँदा पदमार्गसँगै हिमाली क्षेत्रमा हुने फोहोरको मात्रा कम गर्न सकिने उनको भनाइ छ । पन्थीले भने, ‘तालिममा सहभागीहरुको कोर्ष अन्तर्गत नै सरसफाई कार्यक्रम राखेर फेवातालको जलकुम्भी झार निकालेर सफा गरेका छौं । उहाँहरुलाई चेतना हुदाँ हिमालमा जादा प्लाष्टिकजन्य वस्तुले वातावरणलाई गरिरहेको फोहोर कम हुनेछ ।’

झन्डै ४ सय जना सहभागी भएर पोखरा महानगरपालिका–६ क्याम्पिङदेखि खहरेसम्म तालमा भएका र निकालेर किनारमा थुपारिएको जलकुम्भी झार हटाए । यसअगाडि पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत फेवातालको सरसफाइ गरिएको थियो ।
२०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैयाँ र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरेर १ करोड २५ लाख रुपौयाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याएको थियो । जलकुम्भी झार निकालेर कम्पोष्ट मल बनाउन क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याएर फेवातालमा राखिएपनि प्रयोगमा भने आउन सकेको छैन ।

 

प्रकाशित मिति २०८० साउन ६ गते शनिबार ११:५४
हजुरको प्रतिक्रिया