२०८३ असोज २३ गते शुक्रबार

नेपाल वायुसेवा निगमको पुनरुत्थानका लागि तीन वर्षे कार्ययोजना आवश्यकः सांसद डा. रेग्मी

नेपाल वायुसेवा निगमको पुनरुत्थानका लागि तीन वर्षे कार्ययोजना आवश्यकः सांसद डा. रेग्मी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १९ गते सोमबार ०२:४९

उनले भने, ‘निगमले बजार मूल्यभन्दा केही सस्तो दरमा सेवा प्रदान गर्नसके मात्र अन्य विदेशी एयरलाइन्सको अस्वभाविक भाडा वृद्धि रोक्न सकिन्छ । यसले पर्यटन प्रवद्र्धनमा समेत मद्दत पु¥याउँछ । यो सन्धिमा हस्ताक्षर नगरेसम्म अन्तर्राष्ट्रिय स्तरमा सहजै विमान लिजमा लिन सक्ने अवस्था छैन ।’

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक अवस्था सुधार गर्न र वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले निगमको व्यवस्थापकीय सुधार, डिजिटल सेल्स र रुट व्यवस्थापनमा तत्काल पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांसद डा. रेग्मीले निगमले एयरफेयर (हवाई भाडा) नियन्त्रण गर्न थप सक्रिय भुमिका खेल्नुपर्ने बताए ।

निगमको घाटा न्युनिकरण गर्न उनले वित्तीय अडिट, रुट प्रोफिट्याबिलिटी (कुन रुटमा कति नाफा छ भन्ने विश्लेषण) र कार्गो तथा ग्राउण्ड ह्यान्डलिङको छुट्टै लेखा प्रणाली लागू गर्न सुझाव दिए ।

जहाजको ओभरहल (मर्मत) कार्य समयमै हुन नसक्दा उडान तालिका प्रभावित हुने गरेको विषयप्रति ध्यानाकर्षण गराउँदै उनले व्यवस्थापकीय कमजोरी औंल्याए ।

उनले भने, ‘निगमले बजार मूल्यभन्दा केही सस्तो दरमा सेवा प्रदान गर्नसके मात्र अन्य विदेशी एयरलाइन्सको अस्वभाविक भाडा वृद्धि रोक्न सकिन्छ । यसले पर्यटन प्रवद्र्धनमा समेत मद्दत पु¥याउँछ । यो सन्धिमा हस्ताक्षर नगरेसम्म अन्तर्राष्ट्रिय स्तरमा सहजै विमान लिजमा लिन सक्ने अवस्था छैन ।’

थप विमान लिजमा ल्याउने सम्बन्धमा डा. रेग्मीले ‘केपटाउन कन्भेन्सन’मा नेपालले तत्काल हस्ताक्षर गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले तीन वर्षको समयसीमा तोकेर व्यवस्थापन सुधार गरे मात्र निगमलाई व्यावसायिक रूपमा सफल बनाउन सकिने विश्वास व्यक्त गरे ।

समितिको बैठकमा उनले मन्त्रालय र निगम नेतृत्वलाई स्पष्ट टार्गेटसहित काम गर्न र आवश्यक परे संसदको समितिले समेत सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

निगमको डिजिटल रूपान्तरण र मर्मतसम्भार प्रणालीमा सुधार ल्याउन सकेमात्र निगमले प्रतिष्पर्धामा टिक्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८३ असोज १९ गते सोमबार ०२:४९
हजुरको प्रतिक्रिया