२०८३ असोज २३ गते शुक्रबार

संगीतकर्मी प्रेमराजा महत बने ‘नेपइन्डिया’ कम्पनीको ब्रान्ड एम्बेस्डर

संगीतकर्मी प्रेमराजा महत बने ‘नेपइन्डिया’ कम्पनीको ब्रान्ड एम्बेस्डर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ६ गते शनिबार ०६:३१

नेपालमै उत्पादन गर्ने कम्पनीसँग जोडिन पाउँदा आफू अत्यन्तै खुशी भएको संगीतकर्मी प्रेमराजा महतले बताए ।

नवलपुर

नवलपुरको देवचुलीमा खोलिएको नेपइन्डिया कम्पनीले वरिष्ठ संगितकर्मी तथा अमेरिकाका लागि नेपालका महावाणिज्यदूत प्रेमराजा महतलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

कम्पनीले बिजुलीका सामानहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीले बिजुलीका प्लग, स्विच, एमसिबी, मोडुलर स्विचलगायत उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ ।

नेपइन्डियाका उत्पादन चितवन, हेटौंडा, पोखरालगायत सहरमा बिक्रीवितरण हुँदै आएको छ ।

करिब ७ करोडको लगानीमा खुलेको कम्पनीले भविष्यमा देशका अन्य सहरमा मात्रै नभई विदेशमा पनि आफ्नो उत्पादन लैजाने योजना रहेको जनाएको छ ।

कम्पनी २०७६ सालमा स्थापना भएको हो ।

नेपालमै उत्पादन गर्ने कम्पनीसँग जोडिन पाउँदा आफू अत्यन्तै खुशी भएको संगीतकर्मी प्रेमराजा महतले बताए ।

प्रकाशित मिति २०८० साउन ६ गते शनिबार ०६:३१
हजुरको प्रतिक्रिया