२०८३ असोज २४ गते शनिबार

विश्वकप महिला फुटबलमा कोलम्बिया र दक्षिण कोरिया खेल्दै, काेलम्बिया २ गाेलले अगाडि

विश्वकप महिला फुटबलमा कोलम्बिया र दक्षिण कोरिया खेल्दै, काेलम्बिया २ गाेलले अगाडि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ९ गते मंगलबार ०८:२६

खेलकाे ३० मिनेटमा कोलम्बियाकी क्याटलिना उस्मेले र ३९ मिनेटमा लिन्डाले गाेल गरिन् ।

पोखरा

विश्वकप महिला फुटबलमा समूह चरणका आज पनि ३ खेल हुँदैछ । आजको पहिलो खेल कोलम्बिया र दक्षिण कोरियाबीच अहिले भइरहेको छ । यो समाचार तयार पर्दा सम्म  कोलम्बियाले  २ गोल गरेकाे छ । खेलकाे ३० मिनेटमा कोलम्बियाकी क्याटलिना उस्मेले र ३९ मिनेटमा लिन्डाले गाेल गरिन् ।

दोस्रो खेल न्युजल्यान्ड र फिलिपिन्सको खेल आज सवा ११ बजे हुनेछ । तेस्रो खेल स्विजरल्यान्ड र नर्वेबीच पौने ४ बजे हुने फिफाको तालिकामा छ ।

सोमबार भएको खेलमा इटली, जर्मनी र ब्राजिल विजयी भएका छन् । इटलीले अर्जेन्टिनालाई १—० गोल अन्तरले पराजित गरेको हो । जर्मनीले मोरक्कोलाई ६—० गोलले हराउँदा ब्राजिलले पानामालाई ५—० ले पराजित गरी सानदार जित निकालेको छ ।

प्रकाशित मिति २०८० साउन ९ गते मंगलबार ०८:२६
हजुरको प्रतिक्रिया