पोखरा
फिफा महिला विश्वकपको आजको पहिलो खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । निर्धारित समयमा दुबै टोलीले २/२ गोल गरे ।
खेलको ३० औं मिनेटमा दक्षिण अफ्रिकाले गोल गरेर अग्रता लिएको थियो । टोलीका लागि लिन्डाले गोल गरेकी थिइन् । खेलको ६६ औं मिनेटमा अर्को गोल गरेर दक्षिण अफ्रिकाले अग्रता दोब्बर पारेको थियो । अफ्रिकाकी थेम्बीले गोल गरेकी थिइन् ।
दुई गोलले अगाडि रहेको अफ्रिकाले खेलको ७४ औं मिनेटमा गोलको सामाना गर्यो । अर्जेन्टिनाकी सोफियाले गोल गरेर खेललाई २—१ को स्थितिमा पुर्यारइन । खेलको ७९ औं मिनेटमा अर्जेन्टिनाले अर्को गोल गरेर खेललाई बराबरी ल्यायो । अर्जेन्टिनाकी रोमिनाले गोल गरेकी हुन् । समूह जीमा रहेका यी दुबै टोलीले खेल बराबरी भएपछि अंक बाँडेका छन् ।
आजको दोस्रो खेल बेलायत र डेनमार्कबीच दिउँसो सवा २ बजे हुनेछ भने तेस्रो खेल पौने ५ बजे एसियाली देश चीन र हाइटीबीच हुनेछ ।
प्रकाशित मिति २०८० साउन १२ गते शुक्रबार ०८:०४