काेराेनाकै कारण प्रदेशमा हालसम्म १२३ जनाले ज्यान गुमाए
पाेखरा । गण्डकी प्रदेशमा काेराेनाका कारण थप ५ जनाकाे निधन भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेकाे छ । काेराेना संक्रमितहरू दैनीक बढिरहेकाे अवस्थामा काेराेनाकै कारण ज्यान गुमाउनेहरूकाे संख्या पनि बढन थालेकाे छ ।
निर्देशनालयका अनुसार स्याङ्जा वालिङ नगरपालिका १४ का २४ बर्षीय संक्रमित पुरूषकाे पाेखराकाे गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा गत २७ गते निधन भएकाे छ । डायविटिजका बिरामीसमेत रहेका उनलाइ साेहि दिन काेराेना पुष्टि भएकाे थियाे ।
यता, पाेखरा महानगरपालिका १४ का ६३ बर्षीय काेराेना संक्रमित पुरूषकाे २९ गते आज बिहान गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएकाे छ । नीजमा गत १९ गते काेराेना पुष्टि भएकाे थियाे ।
यस्तै, पाेखरा महानगरपालिका १५ का ५० बर्षीय संक्रमित महिलाकाे २८ गते बेलुकी पाेखराकै चरक मेमाेरियल अस्पतालमा निधन भएकाे छ । उनमा गत कार्तिक ८ गते काेराेना पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ ।
पाेखरा २६ का ७२ बर्षीय संक्रमित महिलाकाे २९ गते आज बिहान उपचारकै क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा निधन भएकाे छ । उनमा गत २८ गते काेराेना पुष्टी भएकाे थियाे ।
यस्तै, पाेखरा महानगरपालिका १८ का ४८ बर्षीय काेराेना संक्रमित पुरूषकाे २९ गते आज बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा काेराेनाकै कारण ज्यान गएकाे छ । नीजमा गत २६ गते संक्रमण पुष्टि भएकाे थियाे ।
याे समेत गण्डकी प्रदेशमा हालसम्म १२३ जनाले काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति २०७७ कात्तिक २९ गते शनिबार ०३:१२




