२०८३ कात्तिक ११ गते मंगलबार

अन्तिम फैसला नआएसम्म लामेआहालमै फोहोर फाल्न महानगरलाई बाटो खुला

अन्तिम फैसला नआएसम्म लामेआहालमै फोहोर फाल्न महानगरलाई बाटो खुला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २१ गते आइतबार ०७:५३

‘निवेदकले महानगरले फोहोर फाल्दा वातावरणीय प्रभाव प¥यो, तत्काल रोक्नुप¥यो भनेर माग गर्नुभएको थियो । त्यसबारे अन्तिम फैसला हुन सकेन,’ उनले भने, ‘त्यसअवधिका लागि महानगरले अगाडि बढाएको काम रोक्न आवश्यक देखिएन ।’

पोखरा

अन्तिम फैसला नआउँदासम्म लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर फाल्न पोखरा महानगरलाई बाटो खुला भएको छ ।

उच्च अदालत पोखराले अन्तिम फैसला नआउँदासम्म फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले आइतबार परमादेश जारी गरेको हो ।

महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, तिथेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

उक्त रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो ।

आइतबार महानगतर्फको जवाफ सुनिसकेपछि हाललाई रिटउपर अन्तिम फैसलामा सम्बोधन हुने नै हुँदा त्यसअवधिका लागि निवेदन बमोजिम आदेश जारी गर्नु नपरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले जानकारी दिए ।

दुवै पक्षको बहस सुनिसकेपछि आइतबार तत्काललाई निवेदकले मागे बमोजिम आदेश जारी गर्न नपरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले जनाए ।

‘निवेदकले महानगरले फोहोर फाल्दा वातावरणीय प्रभाव प¥यो, तत्काल रोक्नुप¥यो भनेर माग गर्नुभएको थियो । त्यसबारे अन्तिम फैसला हुन सकेन,’ उनले भने, ‘त्यसअवधिका लागि महानगरले अगाडि बढाएको काम रोक्न आवश्यक देखिएन ।’

प्रकाशित मिति २०८० साउन २१ गते आइतबार ०७:५३
हजुरको प्रतिक्रिया