२०८३ असोज २३ गते शुक्रबार

नेकपा विवाद उत्कर्षमा, अध्यक्षद्वय पालैपालै शितल निवासमा

नेकपा विवाद उत्कर्षमा, अध्यक्षद्वय पालैपालै शितल निवासमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३ गते बुधबार ०७:१२

पाेखरा । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्षद्वय पालै पालाे शितल निवास पुगेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर बाहिरिएको केही घण्टामै प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओली...

के नेकपा फुट्दैछ ?

पाेखरा । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्षद्वय पालै पालाे शितल निवास पुगेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर बाहिरिएको केही घण्टामै प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौ प्रश्न उनको आलोचना गर्दै छु्ट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवादले थप उग्र रुप लिएको छ । विवादले पार्टी गम्भीर मोडमा पुगेको सन्दर्भमा राष्ट्रपतिले चासो देखाउँदै छलफल तीव्र पार्नुभएकाे छ ।

स्रोतका अनुसार मंगलबार अबेरसम्म राष्ट्रपति र प्रधानमन्त्रीबीच नेकपा विवादका विषयमा छलफल भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादप्रति छलफल गर्नुभएकाे थियाे ।

प्रकाशित मिति २०७७ मंसिर ३ गते बुधबार ०७:१२
हजुरको प्रतिक्रिया