२०८३ असोज २४ गते शनिबार

गण्डकीका निजी विद्यालय भन्छन्ः पाँच वर्ष भित्र गुठिमा लाने भए अहिल्यै तालाचाबी बुझाउँछौं

गण्डकीका निजी विद्यालय भन्छन्ः पाँच वर्ष भित्र गुठिमा लाने भए अहिल्यै तालाचाबी बुझाउँछौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २४ गते बुधबार ०८:११

गण्डकी र कास्कीका निजी विद्यालयका संघसंस्थाले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेमार्फत ऐनबाट ५ वर्षभित्र गुठीमा लैजाने व्यवस्था हटाउन माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

पोखरा

प्रस्तावित शिक्षा ऐनमा सरकारले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने व्यवस्था संशोधन नभए अहिले नै तालाचाबी बुझाउने गण्डकीका शैैक्षिक संघ संस्थाहरुले चेतावनी दिएका छन् ।

निजी विद्यालयहरुका छाता संगठन प्याब्सन, ऐनप्याब्सन र हिसान गण्डकी तथा कास्कीले सरकारले हचुवाको भरमा ५ वर्षभित्र शैक्षिक गुठीमा लैजाने व्यवस्था ल्याउन लागेको बताएका हुन् । गण्डकी र कास्कीका निजी विद्यालयका संघसंस्थाले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेमार्फत ऐनबाट ५ वर्षभित्र गुठीमा लैजाने व्यवस्था हटाउन माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

शैक्षिक संघसंस्थासँग छलफलै नगरी सरकारले झ्यालबाट विधेयक ल्याउन खोजेको उनीहरुको आरोप छ । कास्की प्याब्सनका अध्यक्ष मथुराप्रसाद पौडेलले सरकारले यो विधेयक फिर्ता नगरे अहिले नै तालाचाबी बुझाउन तयार रहेको चेतावनी दिएका छन् । अहिले देशमा गुणस्तरीय शिक्षा निजी विद्यालयहरुले नै दिएको बताउँदै सरकारले व्यवस्थापन गर्न सक्ने होे भने ५ वर्ष नकुरी अहिले नैै लिन चेतावनी दिए ।

सेवामुलक संस्थालाई पहिले जबरजस्ती कम्पनीमा जान लगाएको र कहिले कानुनी व्यवस्थाअनुसार चलिरहेका निजी विद्यालयलाई गुठीमा लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । हिसान कास्कीका अध्यक्ष यमबहादुर रोकाले सरकारले ल्याएको ऐनप्रति कुनै आपत्ति नभएको तर व्यक्तिको सम्पति विकल्पबिना राज्यका नाममा परिवर्तन गर भन्नु नाजायज भएको बताए ।

सरकारले ऐनमार्फत कर प्रणाली चुस्त बनाएर निजी विद्यालयलाई कसिलो नियमन गर्ला भनेको उल्टो व्यक्तिको सम्पति खोस्न खोजेको निजी विद्यालयका प्रतिनिधिहरुको भनाइ छ ।

एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले निजी विद्यालयका सञ्चालक यो देशका नागरिक नै होइनन् भन्ने राज्यले व्यवहार गरेको बताए ।

निजी विद्यालयहरु सेवाभन्दा ब्यापारीकरण भएको आवाज वर्षौदेखि उठ्दै आएको छ । सरकारले यसपटक निजी विद्यालयलाई पनि ५ वर्षमा गैरनाफामुलक बनाउन खोजेपछि शैेक्षिक संघसंस्थाहरुले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति २०८० साउन २४ गते बुधबार ०८:११
हजुरको प्रतिक्रिया