२०८३ असोज २४ गते शनिबार

पोखरा लेडी जेसीजले महिला सशक्तिकरणका लागि सप्ताहव्यापी कार्यक्रम गर्ने

पोखरा लेडी जेसीजले महिला सशक्तिकरणका लागि सप्ताहव्यापी कार्यक्रम गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २४ गते बुधबार ०८:१६

सामाजिक रुपान्तरणका लागि जनसमुदायलाई लक्षित गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष लक्ष्मी कुँवर (लता) ले बताइन् ।

पोखरा
पोखरा लेडी जेसीजले यस वर्ष महिला सशक्तिकरणसहिथ जेसीज सप्ताह मनाउने भएको छ । साउन २६ देखि ३२ गतेसम्म विभिन्न ७ कार्यक्रम गरेर मनाउँदैछ ।

सामाजिक रुपान्तरणका लागि जनसमुदायलाई लक्षित गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष लक्ष्मी कुँवर (लता) ले बताइन् ।

सप्ताहको पहिलो दिन शुक्रबार साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम हुनेछ । शनिबार सराङकोटको बाल सुधार गृहमा निशुल्क स्वास्थ्य शिविर गर्ने अध्यक्ष कुवँरले बताइन् ।

आइतबार विजयपूरको भवानी कालिका माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गर्ने बुधबार आयोजित पत्रकार सम्मलेनमार्फत जानकारी गराइयो ।

सोमबारदेखि बुधबारसम्म महिलाका लागि सीपमूलक तालिम सञ्चालन गर्ने पोखरा लेडी जेसिजले जनाएको छ । सप्ताहको अन्तिम दिन विहीबार असाहय बिरामीलाई आवश्यक सामग्री र खाद्यन्न वितरण गर्नेछन् ।
पोखरा लेडी जेसीजले स्थापानदेखि नै समुदायमा आधारित कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८० साउन २४ गते बुधबार ०८:१६

हजुरको प्रतिक्रिया