पोखरा
आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले तीन अस्पतालबाट निशुल्क परिक्षणको व्यवस्था मिलाएको छ ।
हिमालयन आँखा अस्पताल घारीपाटन, मणिपाल शिक्षण अस्पताल फूलबारी र चरक मेमोरियल हस्पिटल नागढुंगासँग सम्झौता गरी निशुल्क आँखा जाँचको व्यवस्था मिलाएको हो ।
साउन मसान्तसम्म निशुल्क सेवा लिन सक्ने पोखरा महानगरपालिकाले जानकारी दिएको छ । मणिपाल र चरकबाट निशुल्क परिक्षणसँगै औषधि प्राप्त गर्नेछन् ।
हिमालय आँखा अस्पतालले भने महानगरसँग सम्झौता अनुसार आँखा परिक्षण शुल्क नलिने मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले बताइन् ।
आँखा पाक्ने संक्रमण फैलिएपछि पोखरा महानगरमा रहेका विद्यालय बुधबारदेखि बन्द भएका छन् । तीन दिन विद्यालय बन्द हुनेछन् ।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे,हिउँदे, स्थानीय बिदाबाट कट्टी हुने गरी आजदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति २०८० साउन २५ गते बिहीबार ०७:४०




