२०८३ साउन २१ गते बिहीबार

कोरोनाका कारण पोखरामा थप २ जनाको ज्यान गयो

कोरोनाका कारण पोखरामा थप २ जनाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३ गते बुधबार ११:३१

पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप २ जनाको ज्यान गएको छ । पोखराको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचाररत दुइ संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर...

बुधबार पोखराका ८ सहित प्रदेशमा १५ संक्रमित थपिए

पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप २ जनाको ज्यान गएको छ । पोखराको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचाररत दुइ संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा कोरोना ज्यान गएको हो ।
उनलाई कार्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै, पोखरा १७ की ७८ वर्षीय महिलाले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार १ बजेर ५० मिनेट जाँदा ज्यान गएको हो ।उनलाई कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २६ पुगेको छ ।

यता, पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ का ५७ वर्षीय १ जना पुरुष, वडा नम्बर १० का ४ वर्षीय बालिका तथा ४६ वर्षीय पुरुष र पोखरा ११ का ८० वर्षीय १ जना वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस अगाडि आज बिहान स्वास्थ्य निर्देशनालयले उलपब्ध गराएको तथ्यांक अनुसार पोखरामा ४ जनालाई संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म पोखरामा आज ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ५ सय १२ पुगेको छ ।

प्रकाशित मिति २०७७ मंसिर ३ गते बुधबार ११:३१
हजुरको प्रतिक्रिया