२०८३ असोज २३ गते शुक्रबार

‘घर ज्वाईं’ रुकुमबाट

‘घर ज्वाईं’ रुकुमबाट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २९ गते सोमबार ०५:२३

काठमांडौ । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ । फिल्मको सुटिङ भने माघबाट गर्नेगरि सबै तयारी पूरा भएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका हुन् । माघ तेश्रो साताबाट रुकुममा छायाँकन हुने उनले जानकारी दिए...

काठमांडौ । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ ।

फिल्मको सुटिङ भने माघबाट गर्नेगरि सबै तयारी पूरा भएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका हुन् ।
माघ तेश्रो साताबाट रुकुममा छायाँकन हुने उनले जानकारी दिए ।

निर्माता घर्ती मगरका अनुसार फिल्मलाइ अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ ।

चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने सम्झौता भएको निर्माता घर्ती मगरले जानकारी दिएका छन् ।

पछिल्लो समय नेपाली चलचित्र उधोगमा दर्शकले अत्याधिक रुचाएको दया र मिरुनाको जोडीलाई लिएर फिल्म बनाउन लागिएको हो ।
दयाहाङ राई पछिल्लो समयमा निर्माता निर्देशकहरुको खोजिमा पर्ने सुपरस्टार हुन भने दया र मिरुना अभिनित चलचित्रहरु व्यवसायिक रुपमा सफल हुदै आएका छन ।

प्रकाशित मिति २०८० साउन २९ गते सोमबार ०५:२३
हजुरको प्रतिक्रिया