२०८३ असोज २४ गते शनिबार

सरकारले संघीयता कमजोर बनाउन लागेको एमाले नेता अधिकारीको आरोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३१ गते बुधबार ०९:०१

मंगलबार गण्डकी प्रदेश सभा बैठकमा बोल्दै अधिकारीले संघीय सरकारको क्षेत्रभित्रका आयोजना अघि बढाउन मुख्यमन्त्री पाण्डेले नेतृत्व नलिएको भन्दै आलोचना गरे ।

पोखरा

१० दिनअघिमात्र हनिमुन पिरियड (१०० दिन) पूरा गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारप्रति निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी आक्रोसित बनेका छन् । आफू नेतृत्वको सरकारले गरेको काम पनि आफ्नो मुख्यमन्त्री पाण्डेले आफ्नो उपलब्धिमा राखेको अधिकारीले बताएका छन् ।

२० दिन सरकार सञ्चालनको १०० दिन पूरा गरेका मुख्यमन्त्री पाण्डेले ४६ बुँदे उपलब्धि सार्वजनिक गरेका पाण्डेप्रति अधिकारीले संघीयतालाई कमजोर बनाउने काम गरेकोसमेत आरोप लगाएका छन् । मंगलबार गण्डकी प्रदेश सभा बैठकमा बोल्दै अधिकारीले संघीय सरकारको क्षेत्रभित्रका आयोजना अघि बढाउन मुख्यमन्त्री पाण्डेले नेतृत्व नलिएको भन्दै आलोचना गरे ।

अघिल्ला सरकारले संविधानअनुसार नै गठन गरेका संरचनालाई कमजोर पार्न खोजेको, वेवारिसे पार्न खोजेको भन्दै अधिकारीले आपत्ति जनाएका छन् भने संघीयतालाई बलियो बनाउने र प्रदेशको गौरवका आयोजना अगाडि बढाउन पहल नगरेको भन्दै कटाक्ष गरेका छन् ।

कोरोला नाकामा चिनले संरचना बनाइसक्दा नेपालको १४ किलोमिटर वर भन्सार कार्यालय देखाएर बसेको उनको भनाइ थियो । नेपाल सरकारले गर्न नसके आफूहरुले तलब दिएर सुरुआत गर्न तयार रहेको अधिकारीको कटाक्ष थियो ।

गजेन्द्र मोक्ष धामदेखि कोरोलासम्म आफ्नै प्रदेशबाट जान नसक्ने हो भने प्रदेशको औचित्वमाथि नै प्रश्न चिह्न खडा हुने अधिकारीले बताए । प्राथमिकताका साथ बाटो खोल्ने कामका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने अधिकारीको भनाइ छ । सरकारले नगर्ने हो भने सम्पूर्ण प्रतिपक्षले श्रमदान दिएर सुरु गर्न तयार रहेको भन्दै अधिकारीले श्रम शिविर चलाउन आग्रह गरे ।

कालीगण्डकी डाइभर्सनबारे हरेक सरकारले कोपभाजन गरेको बताउँदै अधिकारीले आफूहरुसँग समन्वय नगरी अगाडि बढ्न नदिन एमाले प्रतिवद्ध रहेको तर अहिलेको सरकारको धारणा सार्वजनिक नभएको बताए । सांसदहरु आफ्नो क्षेत्रमा के काम भइरहेको छ भन्ने बेखबर रहेको भन्दै सरकारले अनुगमन गर्ने अधिकार दिने गरी कार्यविधि नबनाइएकोमा अधिकारीको आक्रोश थियो ।

पूर्वमुख्यमन्त्री अधिकारीले सरकारको मन्त्रीले नै एक घर एक धारा कार्यक्रमलाई बकवास भनेको भन्दै आपत्तिसमेत जनाए ।

 

प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०९:०१
हजुरको प्रतिक्रिया