२०८३ असोज २४ गते शनिबार

विकास गुरुङको नेतृत्वमा पर्वतारोहण संघ गण्डकी

विकास गुरुङको नेतृत्वमा पर्वतारोहण संघ गण्डकी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३१ गते बुधबार ०८:२९

सो कार्यक्रममा मेयर आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए

पोखरा

नेपाल  पर्वतारोहण संघ गण्डकीको १५ औं साधारण सभा तथा ७ अधिवेशनले बुधबार विकास गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यससमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा पुरबहादुर गुरुङ, सचिवमा मनशान्त घिमिरे र कोषाध्यक्ष तुलसीप्रसाद सुवेदी छन् । सदस्यहरुमा पुष्पातिलिजा पुन, गुणराज बास्तोला, विष्णुप्रसाद तिमिल्सिना, मनु गुरुङ, सुदीप गुरुङ, प्रेमबहादुर कुँवर, हिराकुमारी मल्ल, रामबाबु बस्ताकोटी, श्यामप्रसाद बास्तोला र श्री गुरुङ छन् ।

शेषकान्त शर्माको अध्यक्षतामा भएको अधिवेशनमा पर्वतारोहणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार दीपक परियारलाई सम्मानसमेत गरिएको थियो ।

सो कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन् ।

प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०८:२९
हजुरको प्रतिक्रिया