२०८३ असोज २४ गते शनिबार

तनहुँको पुल्चोकमा जमिन भासियो, ५ घरमा पूर्ण क्षति

तनहुँको पुल्चोकमा जमिन भासियो, ५ घरमा पूर्ण क्षति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३१ गते बुधबार ०८:२३

जमिन भासिएर ५ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष राजु वाग्ललेले जानकारी दिए ।

पोखरा

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाको पुल्चोकमा जमिन भासिएको छ । जमिन भासिएर ५ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष राजु वाग्ललेले जानकारी दिए ।

पुल्चोक सेती नदी किनारको बस्ती हो । ‘जमिन ८-१० मिटर नै फाटेर दबेको छ । दबेको ठाउँमा नदीको पानी बगेको देखिन्छ’, वडाध्यक्ष वाग्लेले भने ।

वर्षा नभएको बेलामा पनि जमिन भासिएपछि पुल्चोकका झन्डै २ दर्जन घर जोखिममा परेका छन् । बस्ती भासिएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले जानकारी दिए ।

बस्ती भासिएपछि सेती नदी वारपार गर्ने झोलुङ्गे पुल बन्द गरिएको छ । मोटरेबल पुलसमेत जोखिममा पर्न सक्ने आँकलन रहेको वडाध्यक्ष वाग्लले बताए ।

‘चट्टान रहेछ भने त पुललाई असर नगर्ला । अहिले भासिएको ठाउँमा जस्तै माटो रहेछ भने त पुल पनि जोखिममा पर्ने देखियो’, उनको भनाइ छ ।

प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०८:२३

हजुरको प्रतिक्रिया