२०८३ साउन २१ गते बिहीबार

महिला विश्व कपमा तेस्रो स्थानका लागि अष्ट्रेलिया र स्वीडेन खेल्दै

महिला विश्व कपमा तेस्रो स्थानका लागि अष्ट्रेलिया र स्वीडेन खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २ गते शनिबार ०८:२३

महिला विश्वकप फुटबल २०२३ को विजेताले १ सय १० मिलियन डलर (१४ अर्ब ४७ करोड रुपैयाँ ) पाउनेछ ।

फाइनलमा भोलि बेलायत र स्पेन भिड्ने

पोखरा

अष्ट्रेलिया र स्जिरल्यान्डमा आयोजना भएको महिला विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुँदैछ । तेस्रो स्थानको लागि आयोजक अष्टे«लिया र स्वीडेन प्रतिष्पर्धा गर्दैछन् ।  खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

महिला विश्व कप फुटबलको फाइनल खेल आइतबार हुनेछ । उपाधिका लागि बेलायत र स्पेन खेल्नेछन् । यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । सन १९९१ बाट सुरु भएको महिला विश्वकपको सन २०२३ को संस्ककरणमा ३२ टोली सहभागी थिए । प्रत्येक ४/४ वर्षमा विश्वकप हुँदै आएको छ ।

नवौं संस्करणसम्म आइपुग्दा ४ पटक अमेरिकाले उपाधि जितेको छ । जर्मनी दुई पटक, नर्वे र जापानले एक/एक पटक उपाधि जितेका छन् । नवौं संस्करणको उपाधि कसले जित्छ भोलिको खेलपछि थाहा हुनेछ । महिला विश्वकप फुटबल २०२३ को विजेताले १ सय १० मिलियन डलर (१४ अर्ब ४७ करोड रुपैयाँ ) पाउनेछ । पुरूष विश्वकपको भन्दा यो पुरस्कार निकै कम छ । सन २०२२ को पुरुष विश्व कप विजेता अर्जेन्टिनाले ४ सय ४० मिलियन डलर पुरस्कार पाएको थियो ।

प्रकाशित मिति २०८० भदौ २ गते शनिबार ०८:२३
हजुरको प्रतिक्रिया