२०८३ साउन २१ गते बिहीबार

पोखरामा एकैदिन २५ लाख बढीको लागूऔषध नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ४ गते सोमबार ११:५३

उनीहरुका साथबाट प्रहरीले बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजेपाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की बरामद गरेको हो ।

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले एकैदिन २५ लाख रुपैयाँभन्दा बढीको लागूऔषध नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार विभिन्न व्यक्तिबाट अफिम करिब १५ लाख र १० लाख रुपैयाँ बराबरको अन्य लागूऔषधसहित पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको विभिन्न नामका लागूऔषधसहित माछापुच्छ्रे गाउँपालिकाका सुरजज्यू ठकुरी र पोखरा २९ का आशिक पौडेललाई शनिबार न्युरोडबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुका साथबाट प्रहरीले बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजेपाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की बरामद गरेको हो । साथै, लागूऔषध बोक्न प्रयोग भएको ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडी र उनीहरुले प्रयोग गरेको २ थान मोबाइलसमेत लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण विकले जानकारी दिए ।

त्यस्तै, शनिबार नै पूर्वी रुकुमदेखि पोखरा ल्याइएको ५ किलोभन्दा बढी अफिमसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

५ किलो ७ सय ग्रामसहित पूवी रुकुम पुथाउत्तर गंगा गाउँपालिका २ का ४१ वर्षीय दिपेश पुन, वडा नं. १ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुनलाई पक्राउ गरेको डिएसपी विकले जानकारी दिए ।

अवैध रुपमा बेचबिखनका लागि रुकुमबाट लागूऔषध अफिम पोखरा ल्याइएको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति २०८० भदौ ४ गते सोमबार ११:५३
हजुरको प्रतिक्रिया