२०८३ असोज २३ गते शुक्रबार

‘गुरुङ, मगर र थारु भाषालाई गण्डकीको सरकारी कामकाजको भाषा बनाऔं’

‘गुरुङ, मगर र थारु भाषालाई गण्डकीको सरकारी कामकाजको भाषा बनाऔं’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ५ गते मंगलबार ०३:५१

समितिले भदौ १३ गते पोखरामा ‘आदिवासी जनजाति आन्दोलन र अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको छ । कार्यक्रमलाई खगेन्द्र संग्रौला, डम्बर अधिकारी र अधिवक्ता सुरेन्द्र थापाले सम्बोधन गर्ने सहसंयोजक होम तमूले जानकारी दिए ।

पोखरा

आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ ।

मंगलबार समितिले पत्रकार सम्मेलन गरी भाषा आयोगको सिफारिस अक्षरशः पालना गर्न माग गरेको हो ।

संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा सोभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजी भाषा निर्धारण गर्न सक्ने उल्लेख छ ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको संयोजकत्वमा गठित समितिले गण्डकीमा गुरुङ र मगर तथा प्रदेशको दक्षिणी क्षेत्रमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो ।

‘उहाँको सिफारिस लागू गर्न आवश्यक ऐन बनाई गुरुङ, मगर र थारुलाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन जोड्दार माग गर्दछौं,’ समितिका संयोजक धर्मबहादुर गुरुङले भने ।

गण्डकीमा आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

साथै, समितिले पृथ्वीचाेकबाट लखन थापाकाे सालिक नहटाउनसमेत माग गरेकाे छ ।

समितिले भदौ १३ गते पोखरामा ‘आदिवासी जनजाति आन्दोलन र अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको छ ।

कार्यक्रमलाई खगेन्द्र संग्रौला, डम्बर अधिकारी र अधिवक्ता सुरेन्द्र थापाले सम्बोधन गर्ने सहसंयोजक होम तमूले जानकारी दिए ।

प्रकाशित मिति २०८० भदौ ५ गते मंगलबार ०३:५१
हजुरको प्रतिक्रिया