पोखरा
पोखरामा पुस्तकको परिचर्चा, बहस र पठन संस्कृतिसँग सम्बन्धित कार्यक्रम गर्दै आएको र्यान्डम रिडर्स सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ । साहित्यकार रुपिन्द्र प्रभावीको नेतृत्वमा नयाँ समिति बनेको हो । यसअघि पत्रकार केशवशरण लामिछाने संस्थाको नेतृत्वमा थिए ।
पोखरामा पठन संस्कृतिसँग सम्बन्धित गतिविधिमा रहेका सोसाइटीका सदस्यहरुको भेलाले १२ सदस्यीय समिति बनाएको हो । एक जना पछि मनोनित हुने संस्थाले जनाएको छ ।
२०६७ मा पोखरामा स्थापना भई पठन संस्कृतिको विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको सोसाइटीले कोरोना महामारीपछि भने नियमित गतिविधि गरेको थिए ।
नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा अनुपमणि अधिकारी र गौरी तमु, सचिवमा नेपाल प्रकाश अधिकारी, कोषाध्यक्षमा ध्रुव केसी र सहसचिवमा दीपक पराजुली छन् ।
यस्तै, सदस्यहरूमा दुर्गा राना, अमृत सुवेदी, रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, बाबुराम सुवेदी र एलिसा विक रहेका छन् ।
त्यसै गरी समितिको पहिलो बैठकबाट सल्लाहकारमा पूर्वअध्यक्षत्रय गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने तथा पूर्व कोषाध्यक्ष मीरा ढकाल चयन भएका छन् । सोही बैठकले निवर्तमान अध्यक्ष केशवशरण लामिछानेको संयोजकत्वमा हसिना बस्नेत र विजय भण्डारी सदस्य तथा संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहने गरी पुस्तक छनोट समिति पनि गठन गरेको छ ।
यसैबीच, नयाँ कार्यसमितिले पहिलो कार्यक्रम आगामी भदौ ३० गते शनिबार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि गणेश कार्कीको परिचर्चासहित सञ्चालन गर्ने बताइएको छ ।

हरेक महिनाको अन्तिम शनिबार बिहान ८ बजे हिमालयन रिडर्स कर्नरमा हुने कार्यक्रमलाई निरन्तरता दिनुका अलावा केही नयाँ योजनासहित समिति अघि बढ्ने संस्थाले जनाएको छ ।
प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार ०६:३३




