पोखरा
एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग फाराकिलो रन अन्तरले पराजित भएको छ । बुधबार भएकाे खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपालले पहिलो पटक विश्व वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेलेको हो ।
पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाउँदा आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।
यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । अब नेपालले आउँदो सोमबार भारतसँग श्रीलंकामा खेल्नेछ ।
प्रकाशित मिति २०८० भदौ १३ गते बुधबार १०:३६