२०८३ साउन २१ गते बिहीबार

समाजवादी मोर्चाको गण्डकी समिति घोषणा, शुक्रबार पोखरामा प्रचण्डसहितले सम्बोधन गर्ने

समाजवादी मोर्चाको गण्डकी समिति घोषणा, शुक्रबार पोखरामा प्रचण्डसहितले सम्बोधन गर्ने

मनिषा ज्ञवाली

@Public 4K Tv

२०८० भदौ १४ गते बिहीबार ०५:०३

मोर्चाले प्रत्येक जिल्लामा हरेक पार्टीबाट २/२ जनाको प्रतिनिधित्व हुने गरी जिल्ला सयोंजन समिति पनि गठन गर्नेे छ

पाेखरा

समाजवादी मोर्चाले भदौ १५ गते पोखरामा गर्ने सन्देश सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने भएका छन् ।

सभालाई प्रचण्डसहित पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पनि सम्बोधन गर्ने छन् ।

समाजवादी मोर्चाले गर्ने उक्त सभा पोखरा सभागृहमा १२ बजेदेखि सुरु हुने नेकपा माओवादी गडण्की प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । कार्यक्रमका लागि मोर्चाले प्रत्येक पार्टीबाट ३/३ जनाको प्रतिनिधित्व हुने गरी मोर्चा बनाएको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्रका गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल, नेकपा एसबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी तथा जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जि.सी र रमेश नेपाली सदस्य छन् ।

मोर्चाले प्रत्येक जिल्लामा हरेक पार्टीबाट २/२ जनाको प्रतिनिधित्व हुने गरी जिल्ला सयोंजन समिति पनि गठन गर्नेे छ । सभामा एमसीसीसहित स्वरोजगार तथा बढ्दो महंगीबारे उठाउन हुने जानकारी मोर्चाले दिएको छ ।

भदौ ४ गते बसेको मोर्चाको बैठकले देशभरका ७ वटै प्रदेशमा मोर्चामा आवद्ध पार्टीका शीर्षस्थ नेताका साथमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । मोर्चाले मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा गरी गण्डकी प्रदेशमा कार्यक्रम गर्न लागेको हो ।

प्रकाशित मिति २०८० भदौ १४ गते बिहीबार ०५:०३
हजुरको प्रतिक्रिया