२०८३ असोज २३ गते शुक्रबार

अमृतको ‘यादको कोलाज’ बजारमा

अमृतको ‘यादको कोलाज’ बजारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १६ गते शनिबार ०५:२५

अमृतको यसअघि २०७८ सालमा उहाँको ‘एकान्त भीड’ कविता संग्रह प्रकाशित भइसकेको छ । यादको कोलाज उनको दोस्रो कृति हो ।

पोखरा

साहित्यकार अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’ काठमाडौंमा विमोचन भएको छ ।

काठमाडौंमा जारी कलिङ साहित्यिक महोत्सवमा अमृतको पुस्तक विमोचन गरिएको हो ।

यादको कोलाजलाई प्राडा बिना पौडेल, संस्कृतिविद् जगमान गुरुङ, भारतीय अर्थशास्त्री प्रसिद्ध लेखक डा. विवेक देवरोंय, प्रा. कमलकान्त दासले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

लेखक अमृतले भारतीय सेनामा कार्यरत रहँदा भोगेका विविध आरोहअवरोहलाई कृतिका रुपमा ल्याएको बताए ।

‘कृतिमा विगतका घटनाहरूको स्मरण मात्र छैन , ती घटनाले हृदयमा जन्माएको भावमाथिको दार्शनिक लेपन कृतिमा समेटेको छु,’ लेखक अमृतले भने, ‘अब मेरो यादको कोलाज मेरोमात्रै भएन, साझा भयो । सबैको प्रतिक्रिया कुरिरहेको छु ।’

अमृतको यसअघि २०७८ सालमा उहाँको ‘एकान्त भीड’ कविता संग्रह प्रकाशित भइसकेको छ । यादको कोलाज उनको दोस्रो कृति हो ।

प्रकाशित मिति २०८० भदौ १६ गते शनिबार ०५:२५
हजुरको प्रतिक्रिया