२०८३ असोज २४ गते शनिबार

आइसिसी क्रिकेटमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनलनजिक

आइसिसी क्रिकेटमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनलनजिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १७ गते आइतबार १०:४३

टस जितेर पहिले बलिङ गरेको नेपालले भुटानले दिएको ४० रनको झिनो लक्ष्य १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर फेला पारेको थियो ।

पोखरा

नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा तेस्रो जित निकालेको छ । अपराजित रहेको नेपालले आज भएको खेलमा भुटानलाई ३ विकेटले पराजित गरेको हो । टस जितेर पहिले बलिङ गरेको नेपालले भुटानले दिएको ४० रनको झिनो लक्ष्य १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर फेला पारेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले चौथो खेलमा सोमबार क तारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युएईसँग खेल्दैछ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रकाशित मिति २०८० भदौ १७ गते आइतबार १०:४३
हजुरको प्रतिक्रिया