पोखरा
एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रंगशालामा हुनेछ ।
आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ भने खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।
नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । आजको खेल पनि वर्षाले रद्द हुनसक्ने आशंका गरिएको छ ।
समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अंक छ भने एक खेल खेलेको नेपाल अंकविहीन छ ।
प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०७:२५