२०८३ साउन २१ गते बिहीबार

नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा आउट

नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा आउट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १८ गते सोमबार ०५:४६

एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो । यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको...

एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।

यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।
भारतविरुद्ध दोहोरो अंकको स्कोर छुने गुलसन तेस्रो खेलाडी हुन्। यसअघि ओपनर कुशल भुर्तेल ३८ र आशिफ शेख ५८ बलमा क्याच आउट भएका थिए।

सुन्दर शुरूवात गरेकाे नेपालकाे मिडल अर्डर धर्मराउँदा पहिलाेपटक भारतविरूद्द खेलेकाे नेपालले सम्मानजनक स्काेर खडा गर्न सकस पर्ने देखिएकाे छ ।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०५:४६
हजुरको प्रतिक्रिया