२०८३ साउन २१ गते बिहीबार

तायाः मचाको विजेतालाई चेक हस्तान्तरण

तायाः मचाको विजेतालाई चेक हस्तान्तरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २१ गते बिहीबार १०:२१

पुरुषतर्फ विजेताले ३ लाख १ रुपैयाँ, दोस्रोले २ लाख १ रुपैयाँ र तेस्रोले १ लाख १ रुपैंयाँ प्राप्त गरे ।

पोखरा

गाइजात्राको अवसरमा पोखरामा आयोजना गरिएको तायाःमचा नृत्य प्रतियोगिताको विजेतालाई चेक हस्तानतरण गरिएको छ । भक्तपुर महानगरपालिकाकी उपमेयर रजनी जोशी, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे र पुरस्कारदाता शंकर श्रेष्ठले विजेता समूहलाई चेक हस्तानतरण गरेका हुन् ।

पुरुषतर्फ तेर्सापट्टी तायाःमचा समिति विजेता बनेको थियो । नयाँबजार सांस्कृतिक समिति दोस्रो, भीमसेन टोल तायाःमचा समिति तेस्रो भएका थिए ।

विजेताले ३ लाख १ रुपैयाँ, दोस्रोले २ लाख १ रुपैयाँ र तेस्रोले १ लाख १ रुपैंयाँ प्राप्त गरे ।

महिलातर्फ बागबजार तायाःमचा समिति विजेता हुँदा लामौचार नेवाः खलः गुठी दोस्रो र भण्डारढिक नेवाःखलः तेस्रो भएका थिए ।

विजेताले ४० हजार रुपैयाँ, दोस्रोले २० हजार र र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फ २१ र महिलातर्फ ९ समूह सहभागी थिए । २०५६ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिता यो वर्ष रानीपौवा तायाः मचा समितिले आयोजना गरेको हो ।

प्रकाशित मिति २०८० भदौ २१ गते बिहीबार १०:२१

हजुरको प्रतिक्रिया