२०८३ साउन २१ गते बिहीबार

नेपालले सेमिफाइनलमा थाइल्यान्डसँग खेल्दै

नेपालले सेमिफाइनलमा थाइल्यान्डसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २२ गते शुक्रबार ०७:५१

यो खेलको विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ ।

पोखरा

आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी खेलमा टस जितेर नेपाले बलिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म थाइलान्डले ९ ओभरमा १ विकेटकाे क्षतिमा २४ रन बनाएको छ ।
नेपाल समूह ए को उपविजेता र थाइल्यान्ड समूह बीको विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका हुन् । यो खेलको विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ ।

प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ र कतारलाई ९ विकेटले पराजित गरेको थियो । यूएई विरुद्धको खेल भने वर्षका कारण रद्द भएको थियो ।

थाइल्यान्डले पनि अहिलेसम्म हार बेहोरेको छैन । समूहमा उसले म्यानमारमाथि एक सय रनको फराकिलो जित निकालेको थियो । चीनलाई नौ विकेट र हङकङलाइ ४३ रनले पराजित गरेपछि थाइल्यान्ड सेमीफाइनल पुगेको थियो ।

 

 

प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ०७:५१
हजुरको प्रतिक्रिया