२०८३ असोज २३ गते शुक्रबार

नेकपा फुटे ओलीको अहम् र अध्यादेशका कारण फुट्छ- नेता पाण्डे

नेकपा फुटे ओलीको अहम् र अध्यादेशका कारण फुट्छ- नेता पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ८ गते सोमबार ११:०५

पोखरा । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी चितवनकाे कार्यक्रम बिथोलिएको तरंगकाे सानाे सानाे छाल आइतबार पोखरासम्म आइपुग्याे । चितवनकाे गर्मागर्मी नसकिँदै पाण्डे आइतबार पोखरा आइपुगे...

ओलीकाे भ्रम र अहमले नेकपामा समस्या

पोखरा । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी चितवनकाे कार्यक्रम बिथोलिएको तरंगकाे सानाे सानाे छाल आइतबार पोखरासम्म आइपुग्याे ।

चितवनकाे गर्मागर्मी नसकिँदै पाण्डे आइतबार पोखरा आइपुगे । पोखरामा माधवकुमार नेपाल गुटका केही नेता, कार्यकर्ताको भेलामा सुटुक्क सहभागी बने । अहिलेको विवादको चुरो र अवस्थाबारेकाे धारणा कार्यकर्ताबीच  राखे ।

 

पोखरा लेकसाइडस्थित माउण्ट कैलाश होटलमा करिब ३५/४० जनाको उपस्थितिमा भएको भेलामा पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीमा संकट उत्पन्न भएको बताए । नेकपाभित्रको अन्तरद्वन्द्व ओलीको अहम् र मैले भनेपछि जे पनि हुन्छ भन्ने भ्रमकै उपज भएको उनले बताए ।

 

पाण्डेले सजिलो प्रक्रियाबाट अहिले पार्टी विभाजन सम्भव नभएको बताएका थिए । ‘अहिले नेता, कार्यकर्ता, विद्यार्थी, युवा, मजदुरमा पार्टी विभाजन के होला भन्ने छ । अहिलेकै अवस्थामा सजिलो प्रक्रियाबाट पार्टी फुट्दैन,’ लेकसाइडस्थित भेलालाई सम्बोधन गर्दै पाण्डेले भने, ‘४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद नभएसम्म पार्टी फुट्दैन । यति ओलीसँग छैन । पार्टी फुटे ओलीले अध्यादेशमार्फत फुटाउने हो ।’

 

आफू पार्टी एकताको पक्षमा रहेको पाण्डेको भनाइ छ । अहिलेकै अवस्थामा विभाजन नहुने र यदि विभाजन भयो भने ओलीले ल्याएको अध्यादेशमार्फत हुनसक्ने पाण्डेले बताए । सरकार ठिक ढंगले चल्नुपर्छ भन्दा ओली पार्टी फुटाउन उद्दत भएको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति २०७७ मंसिर ८ गते सोमबार ११:०५
हजुरको प्रतिक्रिया