२०८३ साउन २१ गते बिहीबार

पोखरामा प्रहरीलाई सवारी चालकको तालिम

पोखरामा प्रहरीलाई सवारी चालकको तालिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २२ गते शुक्रबार ०६:०५

तालिमको शुक्रवार समापन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी प्रहरी सेवामा एउटा कुशल चालकका रुपमा आफुलाई स्थापित गराउन शुभकामना दिए ।

पोखरा

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले  ५० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी साधन  (कार र जिप) सवारी चालकको तालिम प्रदान गरेको छ । प्रहरीलाई सीपयुक्त बनाउने उद्धेश्यका साथ गत साउन १६ गतेदेखि सवारी चालकको तालिम सुरु भएको थियो ।

तालिमको शुक्रवार समापन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी प्रहरी सेवामा एउटा कुशल चालकका रुपमा आफुलाई स्थापित गराउन शुभकामना दिए ।

तालिममा गण्डकी प्रदेशमा रहेका प्रहरी कार्यालयहरु गोरखा जिल्लाबाट ३ जना, नवलपरासी (पुर्व) ४, कास्की १६ , तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २, लमजुङ ३, मनाङ जिल्लाबाट २ जना प्रहरी सहभागी थिए ।

गण्डकी प्रदेशका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले सञ्चालन तथा प्रहरी निरीक्षक रविन्द्र थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न ९ जिल्लाका ११ सवारी चालक तालिम प्रदायक संस्थाहरु संग आवश्यक समन्वय गरी तालिम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ०६:०५
हजुरको प्रतिक्रिया