२०८३ असोज २४ गते शनिबार

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: अध्यक्ष दाहाल

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २३ गते शनिबार ०३:४०

सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरेको उनको दाबी छ ।

गोरखा

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, माओवादीलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने दाबी गरेका छन् ।

गोरखाको भच्चेकमा योङ कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीलाई जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको काम गर्ने एकमात्र पार्टी माओवादी हो भन्ने स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले पार्टी पुनर्निर्माणको अभियानमा लागेको भन्दै त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्ने अभियान सफल पार्न जरुरी भएको बताए ।

‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ,’ प्रचण्डले भने, ‘ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न पनि यो अभियान सफल पार्न जरुरी छ ।’

सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरेको उनको दाबी छ ।

प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०३:४०
हजुरको प्रतिक्रिया