२०८३ साउन २१ गते बिहीबार

हरित रोजगारी सिर्जना गर्न पोखरा महानगर र कोइकाको सम्झौता

हरित रोजगारी सिर्जना गर्न पोखरा महानगर र कोइकाको सम्झौता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २८ गते बिहीबार ०४:३९

परियोजनामा कोइकाले ९.८ मिलियन अमेरीकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।

पोखरा

हरित रोजगारी सिर्जना परियोजनाको पारस्परिक प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिका र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले हस्ताक्षर गरेका छन् ।

पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पत्रमा महानगरपालिका मेयर प्रमुख धनराज आचार्य र कोइकाका उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका हुन् ।

कोइकाले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहलाई बढवा दिने उल्लेख छ । ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमलाई व्यवसाय इक्वुबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ ।

प्रतिबद्धता अनुसार ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले लेकसाइडको बसुन्धरा पार्कमा ५ हजार ९० वर्गमिटर जग्गा उपलब्ध गराउनेछ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का उपप्रमुख युन यंग लीले यो परियोजनाले युवालाई रोजगारी सृजनामा महत्वपूर्ण योगदान पु¥याउने बताए । ‘फोहोरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक छ’, उनले भने ।

पोखराको मेयर धनराज आचार्यले फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागेको बताए । ‘यो परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ । फोहोरबाट मोहोर आर्जन हुनेछ’, उनले भने ।

परियोजनामा कोइकाले ९.८ मिलियन अमेरीकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ वस्तु उत्पादन गर्नेछ ।

कोइका र महानगरपालिकाबिच २०२३ को अगस्त ३० मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेको थियो । अहिले परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति २०८० भदौ २८ गते बिहीबार ०४:३९

हजुरको प्रतिक्रिया