पोखरा
गल्कोट स्पोर्टस क्लबले लामाचौर भलिबल कपमा लगातार तेस्रो हार व्यहोरेको छ ।
शनिबार इन्द्रराज्यलक्ष्मी माविको खेल मैदान लामाचौरमा भएको खेलमा गल्कोट मणिमुकुन्द भलिबल क्लब बुटवलसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा गलकोट विरुद्ध मैदान उत्रिएको मणिमुकुन्दले २५–२३ को जीत निकाल्यो ।
दोस्रो सेटको खेलमा निकै घम्साघम्सी भयो । सुरुवातीदेखि दुवै टोलीले बराबरी खेलिरहेको । तर, अन्तिममा जीत मणिमुकुन्दको पोल्टामा परेको छ ।
दोस्रो सेटमा २९–२७ को जीत निकालेको मणिमुकुन्दले तेस्रो सेटमा २५–२० को जीत निकाल्न सफल भयो ।
राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा मणिमुकुन्दको यो दोस्रो जीत हो ।
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित मणिमुकुन्दले दोस्रो खेलमा गण्डकीलाई पराजित गरेको थियो ।
पहिलो खेलमा गण्डकीसँग पराजीत गल्कोट दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफसँग स्तब्ध भएको थियो ।
शुक्रबारदेखि सुरु प्रतियोगितामा मणिमुकुन्द, गल्कोर्टसँगै गण्डकी प्रदेश, विगभागीय डर्बी नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी छन् ।
महिलातर्फ विभागीय डर्बी नेपाल पुलिस क्बल, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्बल र एभरेष्ट भलिबल क्बल सहभागी छन् ।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको दुवै विधाको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८० भदौ ३० गते शनिबार ०२:०८




