२०८३ कात्तिक १२ गते बुधबार

बुधबार पाेखराका ६७ जनासहित गण्डकी प्रदेशमा १६५ संक्रमित थपिए

बुधबार पाेखराका ६७ जनासहित गण्डकी प्रदेशमा १६५ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १० गते बुधबार ०५:१७

पाेखरा । पछिल्लाे २४ घण्टामा पाेखरा महानगरपालिकाका थप ६७ जनासहित गण्डकी प्रदेशमा १६५ जना काेभिडका नयाँ संक्रमित थपिएका छन् । बुधबार प्रदेशमा एक जनाकाे ज्यान गएकाे छ भने  ४८ जना निकाे भएर घर फर्किएका छन् । बुधबार संक्रमित हुनेहरूमा...

कास्की र समग्र प्रदेशकाे पछिल्लाे अवस्था यस्ताे

पाेखरा । पछिल्लाे २४ घण्टामा पाेखरा महानगरपालिकाका थप ६७ जनासहित गण्डकी प्रदेशमा १६५ जना काेभिडका नयाँ संक्रमित थपिएका छन् । बुधबार प्रदेशमा एक जनाकाे ज्यान गएकाे छ भने  ४८ जना निकाे भएर घर फर्किएका छन् ।

बुधबार संक्रमित हुनेहरूमा पाेखराका ६७ जनासहित नवलपरासी पूर्वका ६३ जना, तनहुँका ११ जना, बाग्लुङका ८ जना, स्याङजाका ६ जना, पर्वतका ५ जना, गाेरखाका ३ जना, लमजुङका २ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा प्रदेशमा कुल ४०१ जनाकाे परिक्षण भएकाेमा साे संख्याका संक्रमित भेटिएका हुन् ।

समग्र प्रदेशभर हालसम्म कुल १ लाख ६ हजार ३६६ जनाकाे परिक्षण भएकाे छ । जसमा ११ हजार ४७९ संक्रमित भेटिएका छन् । प्रदेशभर हालसम्म ६ हजार ५९४ जनाले काेराेना जितेका छन् भने हाल ४ हजार ७४३ सक्रीय संक्रमित रहेका छन् । प्रदेशमा हालसम्म काेभिडका कारण १४२ जनाले ज्यान गुमाइसकेका छन् ।

यता, कास्कीमा अहिलेसम्म कुल ४ हजार ८२१ जना संक्रमित भएका छन् । १ हजार ४६८ जनाले काेराेना जित्दा ३ हजार २८१ सक्रीय संक्रमित रहेका छन् । कास्कीमा हालसम्म काेभिडका कारण ७२ जनाले ज्यान गुमाइसकेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर १० गते बुधबार ०५:१७
हजुरको प्रतिक्रिया