२०८३ साउन २१ गते बिहीबार

‘ङोल्स्यो निच्यों’, बजारमा आउदै

‘ङोल्स्यो निच्यों’, बजारमा आउदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ५ गते शुक्रबार ०६:३९

भिडियोमा मोडल अमृत गुुरुङसँगै नियोना गुुरुङ फिर्चड छन् ।

पोखरा

गुरुङ भाषाको गीत ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ ।

हङकङको विभिन्न शहरमा छायांकन भएको म्युजिक भिडियोको निर्माण पुरा भई विमोचनको तयारी गरिएको हो ।

गायक केशबहादुर गुरुङ र गायिका उषा गुुरुङको स्वरमा रहेको गीत म्युुजिक भिडियो आइतबार हङकङमा विमोचन हुने भिडियोका मोडल अमृत गुुरुङले जानकारी दिए ।

भिडियोमा मोडल अमृत गुुरुङसँगै नियोना गुुरुङ फिर्चड छन् ।

यो भिडियो हङकङको योङलोङ, सिङमुन, क्लियर वाटर वे जस्ता रमणीय स्थानमा कैद गरिएको हो ।

मनोज गुरुङको निर्देशन रहेको भिडियोमा अनिल गुरुङले खिचेको दृश्यलाई टेकमान गुुरुङले सम्पादन गरेका हुुन् । मेकअपमा सुुशिला गरुङले साथ दिएकी छिन् ।

भिडियो हङकङमै विमोचन गरी एच के दर्पण युुट्युुब च्यानलबाट सार्वजनिक गरिनेछ ।

खुसी गुरुङको रचना रहेको गीतमा केशबहादुर गुुरुङको संगित र धनबहादुर गुुरुङको एरेन्ज रहेको छ ।

अधिकांश गुरुङ भाषाको गीत नेपालकै गुरुङ गाउँमा छायाँकन गरिएपनि देश बाहिर छायाँकन गरी नयाँ प्रयास थालिएको मोडल गुुरुङले बताए ।

‘विदेशमा सुुटिङ भएतापनि गुरुङ सँस्कृतिलाई जगेर्ना गरी निर्माण गरेका छौं’, उनले भने ।

प्रकाशित मिति २०८० असोज ५ गते शुक्रबार ०६:३९

हजुरको प्रतिक्रिया