२०८३ असोज २४ गते शनिबार

नेपाल आजको खेल जित्नै पर्ने दबाबमा

नेपाल आजको खेल जित्नै पर्ने दबाबमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ८ गते सोमबार ०७:४७

पाकिस्तानसँग बराबरी खेलेको माल्दिभ्सले आजको खेल बराबरी गरे पनि सेमिफाइनलको यात्रा तय हुनेछ ।

पोखरा

साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न आज नेपाल जित्नै पर्ने दबाबसहित माल्दिभ्ससँग खेल्दैछ । आजको खेलको विजेता नै साफको सेमफाइनलमा पुग्नेछ । खेल दशरथ रंगशालामा दिउँसो साढे १ बजेदेखि हुनेछ ।

समूह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । पाकिस्तानसँग बराबरी खेलेको माल्दिभ्सले आजको खेल बराबरी गरे पनि सेमिफाइनलको यात्रा तय हुनेछ ।
यसअघि पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो । पाकिस्तानको २ खेलमा ४ अंक भएको छ ।

त्यस्तै माल्दिभ्सको एक खेलमा एक अंक रहेको छ र नेपालको एक खेलमा शुन्य अंक रहेको छ । समूह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगिसकेका छन् ।

 

प्रकाशित मिति २०८० असोज ८ गते सोमबार ०७:४७
हजुरको प्रतिक्रिया