२०८३ साउन २१ गते बिहीबार

चिकित्सकमाथि हातपातको विरोधमा देशैभर ओपिडि सेवा बन्द

चिकित्सकमाथि हातपातको विरोधमा देशैभर ओपिडि सेवा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ९ गते मंगलबार ०१:३७

चिकित्सक पक्षबाट होहल्ला र नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेश कुमार वि.कलाई समेत नियन्त्रणमा लिई छाडिएको छ ।

पोखरा

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार देशैभर ओपिडि सेवा बन्द भएको छ ।

उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि सोमबार अस्पतालमा तनाव भएको थियो भने बिरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका थिए । अस्पतालका आवासीय र इन्टर्न चिकित्सकहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

चिकित्सकमाथि हातपात गर्नेलाई फौजदारी अभियोग लगाएर कानुनी कारबाही अगाडि नबढाएसम्म अस्पतालको इमरजेन्सीसहित सबै सेवा बन्द गर्ने डाक्टहरुले चेतावनी दिएका थिए ।

चिकित्सकमाथि कुटपिटमा संलग्न पोखरा मालेपाटनका ३४ वर्षीया विनय गुरुङलाई नियन्त्रणमा लिई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २६६ कसुरमा कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चिकित्सक पक्षबाट होहल्ला र नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेश कुमार वि.कलाई समेत नियन्त्रणमा लिई छाडिएको छ । घटनाबारेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवणकुमार वि.कले बताए ।

प्रकाशित मिति २०८० असोज ९ गते मंगलबार ०१:३७
हजुरको प्रतिक्रिया