२०८३ असोज २४ गते शनिबार

नेपाल टाइब्रेकरमा भारतसँग ३- २ ले पराजित

नेपाल टाइब्रेकरमा भारतसँग ३- २ ले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १० गते बुधबार ०७:५३

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो । यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा...

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो ।

यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए । तर ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका हुन् ।

भारलले अब फाइनलमा पाकिस्तानसँग खेल्ने छ । पाकिस्तान भुटानलाई टाइब्रेकरमा नै हराउँदै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति २०८० असोज १० गते बुधबार ०७:५३
हजुरको प्रतिक्रिया