२०८३ कात्तिक ११ गते मंगलबार

कोरोनाका कारण शुक्रबार पोखरामा ३ जनाकाे ज्यान गयो

कोरोनाका कारण शुक्रबार पोखरामा ३ जनाकाे ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १२ गते शुक्रबार ०२:२३

पोखरा । काेराेना भाइरसको स‌ंक्रमणका कारण पोखरामा थप ३ जनाको ज्यान गएको छ । गत १० गते एक र  शुक्रबार थप २ जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको हो । पोखरा महानगरपालिका वडा न‌ं २ का ५९ बर्षीय संक्रमित...

प्रदेशभर ज्यान गुमाउनेको संख्या १४७ पुग्यो

पोखरा । काेराेना भाइरसको स‌ंक्रमणका कारण पोखरामा थप ३ जनाको ज्यान गएको छ । गत १० गते एक र  शुक्रबार थप २ जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको हो ।

पोखरा महानगरपालिका वडा न‌ं २ का ५९ बर्षीय संक्रमित पुरुषको पोखराको चरक मेमाेरियल अस्पताल पोखरामा गत १० गते ज्यान गएको निर्देशनालयले जनाएको छ ।  मृतकमा गत ५ गते कोरोना संक्रमण पुष्टि भएको हो  । नीजमा डायविटिज तथा मृगाैलासम्बन्धी समस्या रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, शुक्रबार पोखरा ३२ का ६६ बर्षीय कोरोना संक्रमितको ज्यान गएको छ । गत ५ गते संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत नीजको शुक्रबार उपचारकै क्रममा ज्यान गएको हो । उनमा कोभिड निमाेनिया तथा डायविटिजको समस्या रहेको निर्देशनालयले जनाएको छ ।

शुक्रबार बिहान पोखराकै गण्डकी मेडिकल कलेजमा थप एक जनाको ज्यान गएको छ । गत ८ गते कोरोना संक्रमण पुष्टि भएर उपचाररत पोखरा ७ की ७६ बर्षीय संक्रमित महिलाको उपचारकै क्रममा सोही अस्पतालमा ज्यान गएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४७ पुगेको छ ।

प्रकाशित मिति २०७७ मंसिर १२ गते शुक्रबार ०२:२३
हजुरको प्रतिक्रिया