२०८३ साउन २१ गते बिहीबार

शुक्रबार पोखरामा ५९ संक्रमित थपिए

शुक्रबार पोखरामा ५९ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १२ गते शुक्रबार ०२:३७

पोखरा । शुक्रबार पाेखरा महानगरपालिकामा ५९ जना काेभिडका नयाँ संक्रमित थपिएका छन् ।  पोखराका ५९ जनासहित कास्कीमा ६० जना संक्रमित शुक्रबार थप भएका हुन् । कास्कीको रुपा गाउँपालिकामा ३५ बर्षीय एक महिला संक्रमित थपिएको गण्डकी प्रदेश...

प्रदेशमा ९७ थपिँदा कुल संक्रमितको संख्या ११ हजार ६५० पुग्यो

पोखरा । शुक्रबार पाेखरा महानगरपालिकामा ५९ जना काेभिडका नयाँ संक्रमित थपिएका छन् ।  पोखराका ५९ जनासहित कास्कीमा ६० जना संक्रमित शुक्रबार थप भएका हुन् । कास्कीको रुपा गाउँपालिकामा ३५ बर्षीय एक महिला संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । यो निर्देशनालयले दिउँसो २ बजेसम्म जारी गरेको तथ्याङ्क मात्र हो ।

निर्देशनालयका अनुसार थप संक्रमितहरु कास्कीका ६० जनासहित स्याङ्जाका ११ जना, गाेरखाका ९ जना, पर्वतका ८ जना, तनहुँका ५ जना, नवलपरासी पूर्वका ३ जना र लमजुङ्का १ जना रहेका छन् ।

यो संगै समग्र प्रदेशभर कुल संक्रमितको संख्या ११ हजार ६५० पुगेको छ ।

प्रकाशित मिति २०७७ मंसिर १२ गते शुक्रबार ०२:३७
हजुरको प्रतिक्रिया