२०८३ असोज २४ गते शनिबार

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा गौतमको उम्मेदवारी

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा गौतमको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ११ गते बिहीबार ०६:३०

उम्मेदवारीको घोषणा गर्दै उनले संसारभरिको एनआरएनलाई एक ढिक्का बनाएर लैजाने बताए ।

पोखरा

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसिको ११ औं अधिवेशनका लागि उपाध्यक्ष पदमा समाजसेवी गंगाधर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि उनको महासचिवमा उम्मेदवारीमा दिने चर्चा भएपनि अहिले उपाध्यक्षका लागि उनले उम्मेदवारी दिने भएका हुन् ।

गौतम गैरआवासीय नेपाली संघ बेल्जियमकाे पुर्वअध्यक्ष समेत हुन् । बाग्लुङ गलकोटमा जन्मिएर विगत दुई दशकदेखि बेल्यिमलाई गौतमले कर्मथलो बनाएका छन् । उम्मेदवारीको घोषणा गर्दै उनले संसारभरिको एनआरएनलाई एक ढिक्का बनाएर लैजाने बताए ।

२०५१ मा बाग्लुङ्गको धवलागिरि क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएपछि उनको क्रिय राजनीतिक जीवन शुरूवात भएको थियो । २०५३ देखि २०५७ सम्म दुईपटक नेविसंघ बाग्लुङको जिल्ला सभापति निर्वाचितसमेत भएका उनी २०५७ मा बेल्जियम पुगेका थिए । २०५९ सालमा मा ‘नेपाली कांग्रेस नेपाल बेल्जियम सम्पर्क समिति’ गठन गरि उनी संस्थापक महामन्त्री भएर काम गरे ।

२०६३ साल मा उनी नेपाली जनसम्पर्क समिति, बेल्जियमको महामन्त्री भए । २०६४ सालदेखि नेपाली जनसम्पर्क समन्वय समिति, युरोपको महामन्त्रीको रुपमा हालसम्म कार्यरत छन् ।

सन् २०६५ देखि २०७० साल सम्म उनी नेपाली जनसम्पर्क समिति, बेल्जियमको सभापति भएका थिए । गौतम हाल एनआरएनएको केन्द्रीय सचिव छन् ।
यहि असोज ३० देखि कात्तिक ३ सम्म हुने अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चुन्दैछ ।

प्रकाशित मिति २०८० असोज ११ गते बिहीबार ०६:३०

हजुरको प्रतिक्रिया