२०८३ साउन २१ गते बिहीबार

मतदाता फकाउन महेशकुमार एसिया र मध्यपूर्वको भ्रमणमा

मतदाता फकाउन महेशकुमार एसिया र मध्यपूर्वको भ्रमणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०६:१८

एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रमा बस्ने एनआरएनएसँग भेटघाट गर्दै आफ्ना योजना सुनाउँदै सल्लाह र सुझाव  लिन भ्रमणमा निस्किएको श्रेष्ठले बताए ।

पोखरा

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी दिएका महेशकुमार श्रेष्ठ मतदाता फकाउन भ्रमणमा निस्किएका छन् ।

११ औं महाधिवेशन मिति नजिकदै गर्दा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठ र महासचिवका उम्मेदवार बुद्धिसागर सुवेदी एसिया प्यासिफिक र मध्यपूर्वको भ्रमणमा निस्किएका हुन् ।

एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रमा बस्ने एनआरएनएसँग भेटघाट गर्दै आफ्ना योजना सुनाउँदै सल्लाह र सुझाव  लिन भ्रमणमा निस्किएको श्रेष्ठले बताए ।

भ्रमणको तालिका अनुसार सेम्पटेम्बर ३ मा युएइ, अक्टोबर १ मा कतार, २ मा कुवेत, ३ मा दक्षिण कोरिया पुगेर एनआरएनएलाई भेटनेछन् । ४ तारिख मलेसिया, ५ तारिख थाइल्याण्ड र ६ तारिख कम्बोडिया पुग्नेछन् ।

आगामि अक्टोबर १७ देखि ११ औं महाधिवेशन हुदैछ । तीन दिने महाधिवेशनमा विश्वका ८० देशबाट ४ हजार २ सय एनआरएनए प्रतिनिधिहरु सहभागि हुनेछन् ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०६:१८
हजुरको प्रतिक्रिया